प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम) ले मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । मुख्यमन्त्री भीम आचार्यको सरकारका पालामा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले बस्नेतलाई गत असोज २४ गते सदस्य सचिवमा नियुक्त गरेका थिए । आचार्य नेतृत्वको सरकार हटाएर बनेको राजेन्द्र राई नेतृत्वको सरकारका सामाजिक विकासमन्त्री राजन राई आएलगत्तै बस्नेतलाई स्पष्टीकरण माग गरिएको थियो । स्पष्टीकरणमा योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति गरेको, छवि स्वच्छ नभएको र काम पनि चित्तबुझ्दो नभएको उल्ल