न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ...