विपद्पीडित विपन्नलाई उपचारमा सकस

घरमाथिको कुलो थुनियो । पानी घरतिर आउन थाल्यो । कुलोको पानी फर्काउन गएका छबिसपाथीभेरा–१ गिठीपाटाका २४ वर्षीय रूपेश गिरी पहिरोमा परे । असार २७ को दिन भएको घटनामा उनलाई पहिरोले २० मिटर तल पुर्‍याएर घाइते मात्रै बनाएन, ढाड भाँचियो ।