बेलायतका राजदूत आचार्यले लिए राष्ट्रपतिबाट शपथ

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारको निर्णयानुसार राष्ट्रपतिले यसअघि नै आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् । 

सम्बन्धित सामग्री

राजदूत शर्माले गरे राष्ट्रपतिबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालका आवासीय राजदूत शङ्करप्रसाद शर्मालाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपतिबाट शपथ लिने पहिलो राजदूत बने आचार्य :: Pahilopost.com

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आचार्यलाई उक्त पदमा नियुक्त गरेका हुन्।   आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ