बर्दिया – वैशाख दोस्रो हप्तादेखि देशभर काेराेना भाइरसकाे नयाँ भेरियन्टकाे सङ्क्रमण फैलिन सुरु भयो । कोरोना सङ्क्रमण रोकथामका लागि जिल्ला–जिल्लामा निषेधाज्ञा लगाउन थालियो । कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्न थाल्यो । सहरका ठूलठूला अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्यो । त्यसपछि देशभर झैँ बर्दियाका पालिकाले पनि अस्थायी कोभिड अस्पताल निर्माण गर्न सुरु गरे । त्यही क्रममा ठाकुरबाबा नगरपालिका २ रानीपुरमा पनि वैशाखको झन्डै तेस्रो हप्तादेखि अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आयो । कोभिड ...