लाइसेन्स लिएको १४ वर्षपछि बल्ल निर्माण सुरु

रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको अनुमतिपत्र (लाइसेन्स) सन् २०१२ मा नेपाली कम्पनीबाट लिएपछि कोरियन कम्पनीले सन् २०१९ को अप्रिलमै आयोजना सम्पन्न गर्ने घोषणा गरेको थियो । तर सम्पन्न हुने मितिको दुई वर्षपछि बल्ल आयोजनाको निर्माण कार्य मंगलबारदेखि सुरु भएको छ । आयोजनाले २०८३ मंसिर अर्थात नोभेम्बर २०२६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ […]

सम्बन्धित सामग्री

माथिल्लो त्रिशूली-१ कात्तिकदेखि निर्माण हुने

अनुमतिपत्र (लाइसेन्स) लिएको १० वर्षपछि अर्थात आगामी कात्तिकदेखि २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु हुने भएको छ । सन् २०१२ मा कोरियन कम्पनीले आयोजनाको अनुमतिपत्र लिएपछि लामो समयसम्म विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका लागि लामो संघर्ष गरेको यस आयोजना निर्माण कार्य आगामी कात्तिकदेखि सुरु हुने भएको हो । तीन कोरियन कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली साझेदारसमेतको लगानीको नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले अन्र्तराष्ट्रिय नौ बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा निर्माण हुन लागेको हो । २०७७ सालको सुरु अर्थात वैशाखदेखि नै आयोजनाको निर्माण कार्य सुरु गर्ने भनेपनि कोरोना महामारी लगायतका कारणले वित्तीय व्यवस्थापन हुन नसकेपछि सुरु हुन सकेको छैन ।

झोलामा खोला नियन्त्रण - Karobar National Economic Daily

मुलुकमा जलविद्युत् उत्पादनका लागि लाइसेन्स ओगट्ने तर निर्माण सुरु नगर्ने प्रवृत्तिलाई धेरै पहिलेदेखि नै ‘झोलामा खोला’ भन्न थालिएको हो । राम्रा र आकर्षक प्रतिफल दिने आयोजनाहरू पहिल्यै होल्ड भएका कारण…