दुई पांग्रे एसेम्बलरको 'ठगी' : मूल्य घटाउँछु भन्दै करमा छुट लिने, झनै महँगोमा बेच्ने

आम जनतालाई सस्तोमा दुई पांग्रे सवारी साधन बिक्री गर्ने प्रतिबद्धताका साथ सरकारबाट करमा भारि छुट पाइरहेका एसेम्बलिङ कम्पनीहरूले मूल्य बढाएर उल्टै जनताको ढाड सेक्ने काम गरिरहेका छन् ।अन्त: शुल्क र एसेम्बलिङ गर्ने पार्ट्सको आयातमा सरकारबाट सहुलियत लिएर महँगोमा बेच्ने कम्पनीहरूमाथि सरकारले लगाम लगाउन सकेको छैन । सरकारबाट कर छुट पाउने कम्पनी या उत्पादकले जनतालाई साविकको मूल्य भन्दा कममा आफ्नो उत्पादन बेच्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यासविपरित व्यवसायीहरूले जनताको आवश्यकताको साधन बनेको दुई पाङ्ग्रेमा लूट मचाएका हुन् । अटोमोबाइल्स क्षेत्रमा ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी विलासिताको साधन नभई आवश्यकताको साधन बनिसकेको दाबी गर्ने व्यवसायीहरूले नै आफ्नो छुट पाएको करको दुरुपयोग गरिरहेका हुन् । स्वदेशमै एसेम्बल गर्न सरकारले उद्योगीलाई एसेम्बलका लागि आवश्यक वस्तुको आयातमा भारि छुट दिएको छ ।अन्तःशुल्क र एसेम्बल उद्योगका लागि पार्टस् पूर्जाको आयातमा सहुलित दिँदा पनि उद्योगीहरुले २ पाङ्ग्रे सवारीको मूल्य घटाउनुको सट्टा बढाइरहेका छन् । यसका उदाहरण हुन् यहीँ एसेम्बल हुने पल्सर र टीभीएस मोटरसाइकल । यी दुवै मोटरसाइकलको मूल्य घटेको छैन, बरु बढेको छ ।कुन मोटरसाइकलको मूल्य कति पुग्यो ?पल्सर १५० सीसीको मूल्य २ वर्षअघि अर्थात् नेपालमै एसेम्बल प्लान्ट राख्नु अगाडि २ लाख ५७ हजार ९ सय रुपैयाँ थियो । यो मूल्यमा बिजपाटी डटकममा कार्यरत ३ जनाले एकै सिजन मोटरसाइकल खरिद गरेका थिए ।नेपालमा धेरै बिक्रि हुने पल्सर १५० सीसीको बाइकको मूल्य अहिले २ लाख ८२ हजार ७ सय रुपैयाँ नाघेको छ । पल्सर एनएस १६० को मूल्य २ लाख ८६ हजारबाट बढेर अहिले ३ लाख २३ हजार पुगेको छ । पल्सर एनएस २ सय सीसीको मूल्य एसेम्बल प्लान्ट सुरु हुनु अगाडी ३ लाख ३५ हजारदेखि ३ लाख ५५/५६ हजारसम्म थियो । अहिले बढेर ३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । पल्सर २२० सीसीको मूल्य सेग्मेन्ट अनुसार ३ लाख ९१ हजार रुपैयाँसम्म पुगेको छ । नेपालमा एसेम्बल हुने टीभीएस एन्टर्क स्कुटरको मूल्य २ वर्षमा ९० हजारले बढेको छ । २ वर्ष अगाडी २ लाख १५ हजारमा पाइने यो स्कुटरको मूल्य अहिले ३ लाख ५ हजारसम्म पुगेको छ ।टीभीएसकै अपाचे आरटीआर १६० सीसीको मूल्य २ लाख ४५ हजारबाट ४५ हजार बढेर २ लाख ९० हजार पुगेको छ ।यामाहा एफ्जेड्को मूल्य पनि २५ हजारले बढेर ३ लाख २४ हजार पुगेको छ । तर, यामाहाले एसेम्बल प्लान्ट राखिसेकेको छैन ।के भन्छन् एसेम्बल प्लान्ट राखेका उद्योगी ?बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्जनाइजेशन अन्तर्गतको हंसराज हुलाशचन्द एण्ड कम्पनी हो । गोल्छा ग्रुप हाँकिरहेका छन् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाले । गोल्छा अर्गनाइजेशनले हाल पल्सर मोटरसाइकल यहीं एसेम्बल गर्छ । नेपालमा एसेम्बल शुरू हुनुअघि शेखर गोल्छाले नेपालमै मोटरसाइकलको एसेम्बल गर्दा आवश्यक पार्टस् आयातमा सहुलियत दिइए १५० सीसीको पल्सर मोटरसाइकल कम्तीमा १० हजार सस्तो पर्ने दाबी गरेका थिए । तर, आजभोली उनको बोली फेरिएको छ । त्यस्तै साहिल अग्रवालको स्वामित्वमा रहेको टीभीएस अपाचे मोटरसाइकल एसेम्बलिङ कम्पनीले पनि जनताको ढाड सकिरहेको उल्लेखित मूल्यले पुष्टि गर्छ । गोल्छा भर्खर भर्खर कम्तीमा एसेम्बल सुरु भएकाले अहिले नै मूल्यमा त्यसको प्रभाव खोज्न हतार हुने बताउन थालेका छन् । उनले पार्टस् पूर्जा आयात गर्नुपर्ने र यस्ता बस्तुको आयातमा भन्सार छुट भएपनि एकैपटक तयारी बाइक ल्याउनु र एक एक गरेर पार्टस् पूर्जा ल्याउनुमा ढुवानी उस्तै पर्न जाने र अन्तराष्ट्रिय कारणले भारतमा नै पार्टस् पूर्जाको मूल्य बढेकाले नेपालमा एसेम्बल गर्दा पनि बाइकहरु तत्काल सस्तो हुन नसकेको बताउने गरेका छन् ।साथै, पार्टस् पूर्जा जोड्ने जनशक्ति पनि स्वदेशमा कम भएकाले बाह्य जनशक्तिकै भर पर्नुपर्ने बाध्यता रहेकाले तत्काल यहीँ एसेम्बल हुने सवारीको मूल्य पनि आयात हुने बराबर नै जस्तो देखिएको तर, जनशक्ति यहीँ तयार भएपछि मूल्यमा केही फरक पक्कै हुने गोल्छाको दाबी छ । अन्तःशुल्क छुट, तर मूल्य बढेको बढ्यैगत आर्थिक वर्ष २०७८/०७९ मा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २ पाङ्ग्रे सवारीमा लाग्ने पार्टस् पूर्जा आयतमा अन्तःशुल्कमा दिइँदै आएको छुट २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएका थिए ।तर, सरकारबाट एसेम्बल प्लान्ट चलाइरहेका उद्योगीहरुले अन्तःशुल्कमा पाएको छुटको प्रभाव उपभोक्तामा परेको छैन ।सँगै, चालू आर्थिक वर्षको बजेटमार्फत पनि सरकारले १५० सीसी क्षमता सम्मका मोटरसाइकललाई आवश्यकताको साधनका रुपमा लिँदै अन्तःशुल्क ५ प्रतिशतले घटाएको छ । तर मूल्य भने घट्नुको सट्टा बढिरहेको छ । २ पाङ्ग्रे सवारीका आधिकारिक बिक्रेताहरुले अन्तःशुल्कमा पाएको छुट अनुसार मोटरसाइकल तथा स्कुटरको मूल्य घटाएका छैनन् । आफैँले कर छुट दिएको भएपनि कर छुट पाएपछि त्यसको उपभोग उपभोक्ताले गर्न पाए की पाएनन् भनेर अर्थमन्त्रालय र मातहतका भन्सार विभाग लगायतले कुनै अनुगमन गरेका छैनन् । छैन मागअन्तराष्ट्रिय कारणले मूल्य बढिरहेको व्यवसायीहरु नै स्वीकार गर्छन् । नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालको ‘टू ह्वीलर्स कमिटी’ का सभापति अभिक ज्योति दशैँमा पनि बिक्री आधाले घटेको बताउँछन् । ग्राहकहरु शोरुममै छिर्न छोडेकाले व्यापारमा एकाएक मन्दी आएको र यसले २ पाङ्ग्रे सवारीका आपूर्तिकर्ता र डिलर्सहरु शोरुम बन्द गरेर कर्मचारीलाई बेतलबी बिदामा बस्न पठाउन बाध्य हुने अवस्था सिर्जना हुन थालेको बताउँछन् । ‘ग्राहकले इन्क्वायरी नै गर्न छोडे’ ज्योति भन्छन्, ‘मानिसहरु निजी सवारी (कम्तीमा २ पाङ्ग्रे) चाहिन्छ भन्ने मनस्थितीबाट एकाएक अहिले निजी सवारीसाधनमा लगानी नगर्ने मनस्थितीमा पुगेको देखिन्छ ।’

सम्बन्धित सामग्री

तीन पांग्रे विद्युतीय गाडी भित्र्याउन एमएडब्लू र ओएसएमबीच सहकार्य

नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय तीन पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम ८.५ kWh […]

३ पांग्रे विद्युतीय गाडी भित्र्याउन एमएडब्लू र ओएसएमबीच सहकार्य

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय ३ पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम […]

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा भित्रिँदै

ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा भित्र्याइने भएको छ ।  एमएडब्लू भृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको हो ।वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो बढिरहेका बेला नयाँ गाडी भित्र्याइन लागिएको हो ।

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपालमा आउँदै

एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको हो । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न...

गल्फ लुब्रिकेन्ट्सकाे दशैँ क्याम्पः कार र मोटरसाइकलको फ्रि चेकअप

नेपाल ल्युब आयल लिमिटेडले दशैँमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ। सो क्याम्प असोज १३ देखि १५ सम्म चल्नेछ।...

आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

किभ । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको […] The post आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम appeared first on राजधानी राष्ट्रिय दैनिक.

आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

किभ, २२ असार । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । […]

'जहाँ पैसा, त्यहाँ ट्राफिक'

त्रिवेणी मोडबाट त्रिभुवन चोकसम्म चार पांग्रे सवारीसाधन प्रवेश निषेधसहितको सूचना बोर्ड छ। तर त्यसको पालना कसले गर्ने र कसले नियमन गर्ने ? जहाँ प्रवेश दिइएको छैन त्यहाँ निर्वाध चार पांग्रे सवारीसाधन कुदिरहेका छन्।...

दुई पांग्रे सवारी कर बढेपछि बजाजले भन्यो- मूल्यबारे पछि निर्णय गर्छौं

'दुई पांग्रे सवारी कर बढेको छ, सडक कर पनि सरकारले बढाएको छ, हामी मोटरसाइकलको मूल्य बढाउने कि न बढाउने छलफल गरेर त्यसको टुंगोमा पुग्छौं,' एचएच बजाजका एक उच्च कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।