भारतको उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो ।