बेलायतको नटिङघम शहरमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षे बद्री गौतम रहेका छन् ।
गत शुक्रबार बिहान ९ बजे साइकल चढेर भलिबल खेल्न निस्किएका रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि दुर्घटनामा परेका थिए । घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा निधन भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए ।
टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राती १० बजे निधन भएको बताइएको छ ।
बाग्लुङ गल्कोटक...