विश्वास गुमाउँदै उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । विभिन्न आश्वासन बाँड्दै घरदैलो र कृषकका खेतबारीमा नै पुगे पनि मतदाता भने उम्मेदवारप्रति खासै उत्साहित देखिँदैनन् । पटकपटक भोट हाल्दा पनि गाउँमा विकासको अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ ।

सम्बन्धित सामग्री

सरकारले विश्वास गुमाउँदै छ : ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन् । उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे ।

नेपालले मित्रराष्ट्रहरुको विश्वास गुमाउँदै गएको छ : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले आफ्ना मित्र राष्ट्रहरुको विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल–भारत र नेपाल–चीन सम्बन्धको पछिल्लो अवस्थाबारे पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि सोध्दा नेता ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । नेपाललाई भारतको सहयोग र समर्थनबारे धमलाले राखेको अर्को जिज्ञासामा […]

नेताहरूले विश्वास गुमाउँदै जाँदा चिन्तित छु : माधव नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ ।  आज बिहीवार अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले दशैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो । उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभयो । नेताहरूले विश्वास गुमाउँदै गइरहे...

किसानको विश्वास गुमाउँदै सिक्टा सिँचाइ आयोजना

नेपालगन्ज, असार ७ । सरकारले आफ्नै बजेटमा आव २०६३/६४ देखि राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम बाँकेमा सुरु गर्‍यो। जिल्लाको अगैयास्थित राप्ती नदीमा हेडवर्कस निर्माण गरी आयोजनाको काम अगाडि बढाइएको थियो। पहिलो गुरुयोजनाअनुसार आयोजनाको काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने सरकारको अनुमान थियो। उक्त गुरुयोजनाअनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत […]

फिल्म निर्मातासँग विश्वास गुमाउँदै अक्षय कुमार

एजेन्सी । भारतीय सुपरस्टार नायक अक्षय कुमार एकै साथ थुपै फिल्महरूमा काम गर्ने गर्छन् । उनको १ वर्षमा ३ देखि ५ वटा सम्म फिल्म प्रदर्शनमा आउने गरेका छन् । सुपरस्टार अक्षयले फिल्मको संख्यालाई बढी ध्यान दिदाँ फिल्मको गुणस्तरमा ह्रास आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अब सुपरस्टार अक्षयले फिल्मको संख्यालाई भन्दा पनि फिल्मको गुणस्तरलाई […]

आदिवासी वृत्तमा आशा र विश्वास गुमाउँदै छौं : गोविन्द छन्त्याल

हाम्रा संरचना बार्गेनिङ चिप्स जस्तो भइराखेको छ । संगठनमा पद भार सम्हालेपछि कहीँ न कहीँ सत्ता र शक्तिमा पुग्ने, त्यो पनि प्रमुख होइन सहायकको भूमिकामा पुग्नका लागि ती पद र संगठनको प्रयोग गर्ने गरेको सत्य हो । तर यो दुर्भाग्य हो । त्यसले आदिवासी वृत्तमा आशा र विश्वास गुमाउँदै गइरहेका छौं ।

विश्वास गुमाउँदै मेलम्ची खानेपानी

राजधानीवासीले खानेपानीको समस्या सदाका लागि समाधान हुने आशामा पाइप बिछ्याउने प्रयोजनले खनिएको सडक र बनाइएका खाल्डाखुल्डीलाई सहे, तर बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेसँगै मेलम्चीको पानी काठमाडौं आउनेमा आशंका गरेका छन् ।

विश्वास गुमाउँदै स्वास्थ्य सेवा कार्यालय

काठमाडौं, असोज १ । नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या झण्डै दोब्बर बढी छ । अहिले अस्पतालमा एमडीसहित १० चिकित्सक कार्यरत रहँदै आएका छन् । दश चिकित्सकको पालो हप्तामा एकपटक आउने […]

विश्वास गुमाउँदै नेता नेपाल

काठमाडौं, बैशाख ३ । सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन्। प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य गर्दै आएका नेपालले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यो […]