काठमाडौं । समृद्धि फाइनान्सका जनकपुर र इटहरी शाखा कार्यालयले बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । ‘रक्तदान जीवनदान’ भन्ने मान्यतालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ । कम्पनीका बाँकी अन्य शाखाले पनि रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको कम्पनीका सञ्चालन विभाग प्रमुख चूडामणि खनालले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको मान्यता प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।