वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तर्राष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ । .कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ । “छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलुकले हवाई यात्राका लाग