काठमाडौं । निसानका गाडी खरीदमा नबिल बैंकले कर्जा दिने भएको छ । नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालि र बैंकबीच सवारीसाधन कर्जासम्बन्धी सम्झौता गरिएको हो । सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियरका सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
निसानका गाडी खरीद गर्दा छिटो, छरितो र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार निसान गाडीको खरीदमा ग्राहकले बैंकका सबै शाखाबाट सुलभ कर्जा सुविधा पाउने बताइएको छ । निसानका विद्युतीय गाडी ग्राहकले २० प्रतिशतको डाउन पेमेन्टमा खरीद गर्न सक्नेछन् । ७ वर्ष अवधिको उक्त कर्जा आधारदरमा ३ दशमलव ५ देखि ५ प्रतिशतसम्म थप ब्याजदरमा पाउन सकिनेछ ।
विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।
दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् ।
उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो ।...
काठमाडौं । विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने गरी नबील बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । आइतबार भएको सझदारीअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने छन् । सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक कम्पनी हो । नबिल बैंककाअनुसार नेपालमा […]