बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।  दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो ।...

सम्बन्धित सामग्री

निसानका गाडी किन्नेलाई नबिलले कर्जा दिने

काठमाडौं । निसानका गाडी खरीदमा नबिल बैंकले कर्जा दिने भएको छ । नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालि र बैंकबीच सवारीसाधन कर्जासम्बन्धी सम्झौता गरिएको हो । सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियरका सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् । निसानका गाडी खरीद गर्दा छिटो, छरितो र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार निसान गाडीको खरीदमा ग्राहकले बैंकका सबै शाखाबाट सुलभ कर्जा सुविधा पाउने बताइएको छ । निसानका विद्युतीय गाडी ग्राहकले २० प्रतिशतको डाउन पेमेन्टमा खरीद गर्न सक्नेछन् । ७ वर्ष अवधिको उक्त कर्जा आधारदरमा ३ दशमलव ५ देखि ५ प्रतिशतसम्म थप ब्याजदरमा पाउन सकिनेछ ।

टाटाको विद्युतीय गाडी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने गरी नबील बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । आइतबार भएको सझदारीअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने छन् । सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक कम्पनी हो । नबिल बैंककाअनुसार नेपालमा […]