स्थायी कमिटी बैठकमा प्रचण्डले भनेः सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखियो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन केही दिन लाग्ने बताएका छन्। शनिवार बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सरकारको पूर्णताका विषयमा जिज्ञासा राखेपछि जवाफ दिँदै प्रचण्डले सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखिएको बताएका हुन्।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको किचलोमा प्रचण्ड असन्तुष्ट, पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी

यति लामो समयसम्म सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । उनले आजै विहान नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि यसबारे छलफल गरेका छन् ।

नेपाल पक्षको निर्णयलगत्तै सरकारले पूर्णता पाउँछ : श्रेष्ठ

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा अझै टुंगो लगाउन सकेको छैन। आज बसेको स्थायी कमिटीको बैठकले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन नसकेकाे हाे। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकार गठनका बिषयमा छलफल गर्न भोलि फेरि ३ बजे स्थायी कमिटी बैठक बस्छ। अध्यक्ष प्रचण्डले गठबन्धनसँग फेरि छलफल गर्नुहुन्छ। अब सरकारलाई पूर्णता दिनमा ढिलाइ हुँदैन।’पार्टीबाट पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नदिएकै कारणले भोलिको लागि