आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् ।
यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ ।
वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा एक हजार ...