काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ ।
आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो ।
मधेस प्रदेशका सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रदेश एकका सबनम राईले ४ तथा रुविना क्षेत्री र निशा शाहले दुई/दुई विकेट लिए । ५० रनको सामान्य लक्ष्य पाएको प्रदेश एक...