काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगी रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
डेंगी रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको पछिल्लो तथ्यांक प्रस्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वा...