काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रिजेन तामाङको उपचारका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । एन्फाको मंगलबार बसेको बैठकले प्रिजेनको उपचारमा सहयोग गर्ने निर्णय गरेको हो । उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । उनको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ […]