राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आबद्ध खेलाडीको स्वास्थ्यको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँ संवेदनशील रहेको बताएको छ । मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चार माध्यममा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आबद्ध खेलाडीको विषयमा सधैँ संवेदनशील भएको बताएको हो । राष्ट्रिय टोलीका सदस्य र मच्छिन्द्र क्लबका स्ट्राइकर मनिषको स्वास्थ्य अवस्थाको जानकारी समेत गराएको पत्रकार सम्मेलनमा एन्फाले सो विषयला