पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड(२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोले स्व. प्रेमप्रकाश […]

सम्बन्धित सामग्री

अनमी जानकीलाई मरणोपरान्त सम्मान

डोटी । जिल्लाको आदर्श गाउँपालिका-६ गिरीचौका स्वास्थ्य चौकीमा कार्यरत अवस्थामा अस्वस्थ भई मृत्यु भएकी अनमी जानकी बोहरालाई मरणोपरान्त सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा बोहरालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो । स्वर्गीय बोहराले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको स्वास्थ्य […]

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान

काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५१ हजार रहेको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ६ […]

हरि बैरागी दाहाललाई ऊर्जा ज्योति सम्मान

ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको साझा संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विभिन्न उर्जा उद्यमीहरुलाई सम्मान गरेको छ । संस्थाको १९औं र २०औं बार्षिक साधारण सभाको क्रममा इप्पानले सम्मान पत्र प्रदान गरेको हो । इप्पानले स्वर्गीय हरि बैरागी दाहाललाई रु. एक लाख नगदसहितको २०७७ सालको ऊर्जा ज्योति सम्मान प्रदान गरेको छ। उनकी श्रीमती लक्ष्मी दाहालले सम्मानपत्र ग्राहक गरेकी हुन् । यो सम्मान इप्पानका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नी छोरी श्रीनिका गुरागाईंको स्मृतिमा स्थापना गरेका हुन् । उर्जा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई कदर स्वरुप हरेक वर्ष यो सम्मान प्रदान गरिने गरिन्छ । त्यस्तै इप्पानले इप्पानका संस्थापक अध्यक्ष स्व. प्रभाकर शमशेर जबरालाई मरणोपरान्त सम्मान गरेको छ । इप्पानले संस्थाका ४ जना पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरेको छ  । इप्पानले पूर्वअध्यक्षहरु  सन्दीप शाह, डा. सुवर्णदास श्रेष्ठ,  खड्ग बहादुर बिष्ट र शैलेन्द्र गुरागाईंलाई सम्मान पत्र प्रदान गरेको हो ।