अनमी जानकीलाई मरणोपरान्त सम्मान

डोटी । जिल्लाको आदर्श गाउँपालिका-६ गिरीचौका स्वास्थ्य चौकीमा कार्यरत अवस्थामा अस्वस्थ भई मृत्यु भएकी अनमी जानकी बोहरालाई मरणोपरान्त सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा बोहरालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो । स्वर्गीय बोहराले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको स्वास्थ्य […]

सम्बन्धित सामग्री

जहाज दुर्घटनामा दिवङ्गत भएका स्व. पत्रकार पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

पर्वत : नेपाल पत्रकार महासङ्घ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ।गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०८० अर्पण गरिने भएको हो। मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०७९ पत्रकार दीपेन्द्र श्रे

महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ।  बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० वर्ष उमेर पूरा भएका चार, जनप्रतिनिधिमा निर्वाचित एक तथा एक जनालाई मरणोपरान्त सम्मान गरेका हुन्।

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान

काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५१ हजार रहेको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ६ […]

दुई व्यक्तिलाई मरणोपरान्त सम्मान

भद्रपुर । भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी सङ्घका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ ।

गलवानमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान

भारतका राष्ट्रपति रामनाथ कोविन्दले पोहोर साल गलवान उपत्यकामा चिनियाँ सैनिकहरूसँग भएको भिडन्तमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान मंगलवार दिएका छन् ।  कर्नेल बी सन्तोष बाबुलाई मरणोपरान्त महावीर चक्र प्रदान गरिएको छ भने अन्य पाँच सैनिकलाई वीर चक्र दिइएको छ ।  पाँचमध्ये चारलाई मरणोपरान्त वीर चक्र सम्मान दिइएको हो । महावीर चक्र भारतको दोस्रो सबभन्दा ठूलो सैन्य सम्मान हो भने वीरचक्र तेस्रो ठूलो सम्मान हो ।  नायब सुबेदार नुदुराम सोरेन, हवल्दार के पालनी, नायक दीपक सिंह र सिपाही गुरतेज सिं...

हरि बैरागी दाहाललाई ऊर्जा ज्योति सम्मान

ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको साझा संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विभिन्न उर्जा उद्यमीहरुलाई सम्मान गरेको छ । संस्थाको १९औं र २०औं बार्षिक साधारण सभाको क्रममा इप्पानले सम्मान पत्र प्रदान गरेको हो । इप्पानले स्वर्गीय हरि बैरागी दाहाललाई रु. एक लाख नगदसहितको २०७७ सालको ऊर्जा ज्योति सम्मान प्रदान गरेको छ। उनकी श्रीमती लक्ष्मी दाहालले सम्मानपत्र ग्राहक गरेकी हुन् । यो सम्मान इप्पानका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नी छोरी श्रीनिका गुरागाईंको स्मृतिमा स्थापना गरेका हुन् । उर्जा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई कदर स्वरुप हरेक वर्ष यो सम्मान प्रदान गरिने गरिन्छ । त्यस्तै इप्पानले इप्पानका संस्थापक अध्यक्ष स्व. प्रभाकर शमशेर जबरालाई मरणोपरान्त सम्मान गरेको छ । इप्पानले संस्थाका ४ जना पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरेको छ  । इप्पानले पूर्वअध्यक्षहरु  सन्दीप शाह, डा. सुवर्णदास श्रेष्ठ,  खड्ग बहादुर बिष्ट र शैलेन्द्र गुरागाईंलाई सम्मान पत्र प्रदान गरेको हो ।

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड(२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोले स्व. प्रेमप्रकाश […]

तस्कर समूहबाट मारिएका प्रहरीलाई मरणोपरान्त सम्मान

२० असोज, धनगढी । धनगढीमा तस्करको समूहबाट मारिएका दुई जना प्रहरीलाई मरणोपरान्त नगदरसहित सम्मान गरिएको छ । ६६ औँ प्रहरी दिवसको अवसरमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदलाई मरणोपरान्त नगदसहित सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजना गरिएको औपचारिक समारोहकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले […]

गल्वान झडपमा चार चिनियाँ सैनिकको मृत्यु भएको खुलासा

चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो।

श्रीदेवीलाई मरणोपरान्त सम्मान - Naya Patrika

फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलका दौरान बलिउड अभिनेत्री श्रीदेवीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । तर, सम्मान लिन श्रीदेवीका श्रीमान् र दुई छोरी जाह्नवी र खुसीमध्ये कोही पनि गएनन् । फिल्म मेकर...पूरा पढ्नुहोस् »