रविविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ– रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।  रविलाई राहदानी मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ताले गरेपछि त्यसविरुद्ध रिट परेको थियो। सिन्धुलीका युवराज पौडेल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट […]

सम्बन्धित सामग्री

रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन,  कारण देखाउ आदेश

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।इजलासले मुद्दा नचलाउनुको कारणबारे लिखित जवाफ भने माग गरेको छ । अदालतले अन्तरिम आदेश जारी नगरेकाले लामिछानेले आउँदो वैशाख ...

कमल थापाको मुद्दामा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले गाई चुनाव चिह्न माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पन्ध्र दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत् यससम्बन्धमा जवाफ पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो । ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए म्याद सूचना प्राप्त भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफूसँग

भण्डारीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग विध म्यानेजमेन्टका सञ्चालकविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्धको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण देखाउ आदेश जारी गरेको हो । सञ्चालक भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा सो कम्पनीलाई समेत विपक्षी […]

गैरआवासीय नेपाली संघको निर्वाचनको मुद्दामा कारण देखाउ आदेश

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न माग गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्‍वकर्माको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश...

इजरायल जाने कामदार छनौटमा अनियमिता भएको मुद्दामा कारण देखाउ आदेश

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा जान चाहने नेपाली कामदार छनोट प्रक्रियामा अनियमितता भएकोबारे सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ । कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई पुस ५ मा बोलाइएको छ । सर्वोच्चका न्यायाधीश  हरिप्रसाद फुयालले सो आदेश गरेका हुन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले अनियमित तरिकाले कामदार छनौट ग

विज्ञापनको सेन्सर सम्बन्धी मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतले विज्ञापनमा सेन्सर हटाउन माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता अनन्तराज लुँईटेल लगायतले दायर गरेको मुद्दामा संवैधानिक इजलासले १५ दिनभित्र सरकारका नाममा कारण देखाउ आदेश...

पदमुक्त माओवादी सांसदको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश रिटमा कारण–देखाउ आदेश जारी गरेको छ। एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले दुवैलाई पदमुक्त गरेको थियो। सो निर्णयविरुद्ध उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७गते सर्वोच्चमा रिट दायर गरेका थिए। आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले कारण–देखाउ आदेश जारी गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।