कस्ता कस्ता सेटिङ थिए, सबै छताछुल्ल भए : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको बताउँदै निर्वाचनतर्फ जाने कुरा प्रतिगमन नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो संसद् विघटनको कदमलाई बचाउ गरेका हुन् ।उनले भने, ‘प्रधानमन्त्री निर्वाचन गर्ने अधिकार अन्य कतै बाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरियो । अहिले सबै छताछुल्ल भयो । कस्ता कस्ता सेटिङ भएका थिए । किन मानपदवी अलङ्कार पदक पाए ? कसका को नातेदारलाई मन्त्री बनाइयो ? तीन दिनमा हट्न

सम्बन्धित सामग्री

सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक सबै संकटमा छन् : ओली

१५ असार, चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन् । असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको  अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा […]

एघार सय गाडीमा ‘सेटिङ’ ले काम गरेको छ: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर बढाइएका विद्युतीय गाडी ‘सेटिङ’ ले गर्दा बजेट भाषण अघिनै आएको बताएका छन्।...

करको दर हेरफेरमा अर्बौको सेटिङ छ : ओली

'अर्बौको खेल भइसक्यो, सेटिङ होइन भन्ने ठाउँ छैन, यो कुरा सबैले भनिसकेका छन्', ओलीले भने, 'कतै भन्सार छुट भनेएको छ, कतै अन्य शुल्कमा छुट दिइएको छ । यो बेलामा आएर करका दरहरू किन हेरफेर गर्नुपर्ने थियो ?'

ओली विक्षिप्त छन्, बरबराउन थालेका छन्– प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्ररी पछारिएपछि अहिले विक्षिप्त बनेको बताएका छन्। शनिबार कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले भने–“ओली अहिले विक्षिप्त छन्, कहिले बालकोटको बार्दलीबाट बर्बराउँछन् कहिले कता छटपटाउँछन्,उनको यो छटपटाहट धेरै दिन रहन्नँ।” हिजोका ओलीका सेटिङ भत्काएर जनताको पक्षमा सेटिङ गर्नुपर्नेमा उनको जोड थियो।

'खड्ग प्रसाद ओली सेटिङ, भेटिङ र फिक्सिङमा तल्लिन छन्'

मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्ग प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित प्रतिगमन विरुद्धको सभामा वौल्दै पहाडीले केपी ओलीले राज्य संन्यत्रका सबै निकाय सेटिङ गरेर कब्जा गरेको बताए ।

ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन् : वर्षमान

९ माघ, रोल्पा ।  नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतमा केपी ओलीको दबाव, प्रलोभन र धम्कीको प्रभाव पर्न नहुने बताएका छन् । प्रधानमन्त्री ओली र उनको समूहका नेताहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिँडेको पुनले बताए । ‘हामीलाई विश्सास छ, संविधानको अक्षर […]