काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा शनिबार (भोलि) राष्ट्रिय शोक मनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले आबेको हत्यालाई निन्दनीय भन्दै भर्त्सना पनि गरेको छ ।
शुक्रबार बिहान गोली प्रहारबाट घाइते भएका आबेको उपचारका क्रममा आजै निधन भएको थियो ।
यो...