सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री आवेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।चुनावी सभालाई सम्बोधन गरिहेका बेला गोली प्रहार गरी आवेको हत्या गरिएको थियो ।