काठमाडौँ – पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीविहीन संसदको प्रधानमन्त्री बन्ने ऐतिहासिक अवसर पाएका छन्। संसदीय व्यवस्थामा प्रतिपक्षीको उपस्थिति अनिवार्यजस्तै मानिए पनि कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिँदा त्यो मान्यता खण्डित हुन पुगेको छ। सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका दाहालको पक्षमा २७५ मध्ये २६८ जना सांसदले मतदान गरेका […]