नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपाली नागरिकलाई गैरनागरिक बनाउने षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का युवा, विद्यार्थी तथा महिला संगठनहरूले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।
राजविराज । जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनले सप्तरीमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । सदरमुकाम राजविराजमा राष्ट्रपति भण्डारीको जनवर्गीय संगठनले पुत्ला दहन गरेको हाे । सोही क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी हुदाँ दुई जना घाइते भएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा संगठनद्वारा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो […]
काठमाडौं : सत्ता गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरूले आज साँझ राष्ट्रपतिको पुत्ला दहन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी असंवैधानिक कदम चालेको भन्दै विरोधमा विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्।सत्ता गठबन्धनमा रहेका दलनिकट विद्यार्थी संगठन नेवि संघ‚ अखिल क्रान्तिकारी‚ अखिल समाजवादी र जसपानिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्। उनीहरूले राजधानीको प्रदर्शनीमार्गस्थित रत्न
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । गठबन्धन आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।
जनकपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा मधेश केन्द्रित दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । दलहरुले राष्ट्रपति भण्डारीको मधेशका राजधानी जनकपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नगरमा विरोध जुलुस […]
अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिनन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।सो अघि रा
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन
काठमाडौँ – नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेपछि प्रहरीले रोक्न खोजेपछि विद्यार्थीले ढुंगा हानेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन्। न्युजकारखानाबाट
काठमाडौँ । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् । शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती […]