गठबन्धनका दलनिकट विद्यार्थी संगठनले गरे राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं : सत्ता गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरूले आज साँझ राष्ट्रपतिको पुत्ला दहन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी असंवैधानिक कदम चालेको भन्दै विरोधमा विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्।सत्ता गठबन्धनमा  रहेका दलनिकट विद्यार्थी संगठन नेवि संघ‚ अखिल क्रान्तिकारी‚ अखिल समाजवादी र जसपानिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्। उनीहरूले राजधानीको प्रदर्शनीमार्गस्थित रत्न

सम्बन्धित सामग्री

विद्यार्थीद्वारा राष्ट्रपतिको पुत्ला दहन (फोटो फिचर)

काठमाडौँ – नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेपछि प्रहरीले रोक्न खोजेपछि विद्यार्थीले ढुंगा हानेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन्।   न्युजकारखानाबाट

बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।

एमसीसीको विरोधमा गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ। काठमाडौँको नयाँ बानेश्वरबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बबरमहलतर्फ लागेका थिए। सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए।

त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो)

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरु गरेको थियो । त्यसपछि पुत्ला दहन गरिएको थियो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी […]

शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ

पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको वि

काठमाडौंमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन (भिडियो)

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल निकट विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै खनाल नेपाल पक्षीय अनेरास्ववियुले महतोको पुत्ला दहन गरेको हो । महतोले शुक्रबार रातोपाटीसँगको अन्तर्वाताका क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिए उनीहरुले पुत्ला जलाउनुको क्रममा महतोलाई राष्ट्रघाती भन्दै नारा समेत लगाएका थिए ।अनेरास्ववियुकी म