रामेछापबाट विद्युतीय सवारी साधनले यात्रु ओसार्न थालेपनि रामेछापमा चार्जिङ स्टेसन नहुँदा सञ्चालनका लागि कठिनाई भोग्नु परेको यातायात व्यवसायीले गुनासो गरेका छन् । काठमाडौंबाट रामेछापको मन्थलीका लागि छुट्ने विद्युतीय सवारी साधनले काठमाडौंमा चार्ज गरेर रामेछाप आई फेरि काठमाडौं फर्कन सक्दैनन् ।