काठमाण्डाै – कीर्तिपुरका बासिन्दाले कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । कीर्तिपुर नगरपालिका र अस्पतालबीच स्थानीयबासिन्दालाई उपचारमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ । यस्तै क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ । यो सेवा गएको सोमबारदेखि नै सुरू भएको छ ।
सम्झौतामा बिरामीको ...