नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको आरोप लगाए । ‘काँग्रेस थ्रीजी । गन, गुण्डा र गोली लिएर आउने प्रयास गरेको छ । यदि काँग्रेसको थ्री जी लिएर आउने सोच हो भने हामी सचेत छौ’, उनले एमक्युको प्रसंग पनि सुनाए । ‘एमक्यु, म्यान, मनी र मसल प्रस्तुत ह