२ वर्ष अघिको भन्दा कम तलवमा काम गर्दै अमेरिकीहरू, २१ वर्ष यताकै धेरै सेवा सुविधा कटौति

वाशिङ्टन डीसी (अमेरिका) । पछिल्लो समय विश्वभर महँगी बढेको छ । अमेरिकामा पनि महँगी आकाशिएर ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । महँगी बढ्दा आम अमेरिकीहरुको तलब प्रभावित हुन थालेको छ ।  मार्चमा सकिएको १२ महीनामा मुद्रास्फीति समायोजनपछिको कूल तलब भत्ता ३ दशमलव ७ प्रतिशतले घटेको शुक्रबार सार्वजनिक भएको रोजगारी लागत सूचकांकले देखाएको छ । सूचकमा आएको यो कमी सन् २००१ यताकै तीव्र कमी हो । सोही वर्षदेखि श्रम तथ्यांक विभागले मुद्रास्फीति समायोजनपछिको तलबभत्तासम्बन्धी तथ्यांक सार्वजनिक गर्न थालेको थियो ।  तलब भत्तामा कर्मचारीले पाउने तलबको साथमा स्वास्थ्य सेवानिवृत्ति र अन्भ सेवा सुविधा पनि जोडिन्छ । मुद्रास्फीति समावेश नगर्दा यस्तो तलब सुविधा साढे ४ प्रतिशतले बढिरहेको छ । तर मँहगी आकाशिरहेको पछिल्लो अवस्थामा तलब वृद्धि सुस्त छ, निराशनजनक छ । पछिल्लो तथ्यांकले महँगीले सर्वसाधारण र कम्पनी तथा व्यवसायहरुलाई परेको प्रभाव छर्लङ बनाएको छ ।  खानेकुरा, इन्धन र हाउजिङको लागतमा भइरहेको वृद्धिका कारण कर्मचारीको अधिकांश तलब यिनै कुरामा खर्च भइरहेका छ । मुद्रास्फीति समायोजन पछिको ज्याला र तलबको लागत ३ दशमलव ६ प्रतिशतले घटेको छ भने भत्ता सुविधामा पनि ४ दशमलव २ प्रतिशतको कमी आएको छ । यी दुबैमा आएको यो २१ वर्षयताकै उच्च कमी हो । अमेरिकीहरूको तलब निकै तीव्र दरमा घटिरहेको अनि अहिले यो दुई वर्ष अघिको भन्दा पनि तल आएको हर्वार्ड विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक तथा ओबामा सरकारको आर्थिक सल्लाहकार परिषद्का अधयक्ष जासन फम्र्यानले बताएका छन् ।  अहिलेको अवस्था कामदारका लागि खासै राम्रो छैन । अनि रोजगारदाताको लागि पनि पीडादायी नै छ । श्रम बजार कसिलो छ । भने जस्तो कर्मचारी पाउन मुश्किल छ । पाए पनि टिकाउनै गाह्रो । कर्मचारीलाई आकर्षित गर्न र टिकाइराख्न रोजगारदाताहरु तलब र सेवा सुविधा बढाउन बाध्य छन् । यसले पनि महँगी कहिलेसम्म रहन्छ र यसको प्रभाव कस्तो अनि कहिलेसम्म हुन्छ भन्ने चिन्ता बढाएको छ ।  गत महीना केन्द्र बैंकले सन् २०१८ यता पहिलो पटक महँगी नियन्त्रण गर्न ब्याजदर बढाएको थियो । यो निर्णयको कारणको रुपमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का अध्यक्ष जेरोम पावेलले रोजगारी लागत खर्च डेटातर्फ औंल्याएका थिए । महँगी नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने संकेत गरेको छ ।  एजेन्सी 

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको सेवा सुविधा अपर्याप्त छ: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सशस्त्र प्रहरीको सेवा सुविधा अपर्याप्त रहेको बताएका छन्।...

कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् । संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहर

निर्वतमान सभामुख सापकोटाले छाडे सरकारी सेवा सुविधा

काठमाडौं । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। उनले सरकारी सेवा सुविधा छाडेर आजदेखि निजी निवासमा फर्किएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिए। ‘सापकोटा आजदेखि सरकारी सेवा सुविधा छोडेर निजी निवासमा फर्कनुभएको छ,’ न्यौपानेले सन्देशमा उल्लेख गरेका छन्। उनले आजै मात्र आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

सम्झौता अनुसार सेवा सुविधा नपाए आन्दोलन गर्ने विद्यालय कर्मचारीको चेतावनी

२० साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरुसँगको सम्झौता अनुसार सेवा सुविधा नपाए आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी नेपाल सरकार र शिक्षक महासंघबीच भएको सम्झौता विपरीत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९÷२०८० प्रकाशन भएको भन्दै परिषदले आपत्ति जनाएको छ । सम्झौता अनुसारको सेवा सुविधा […]

नगरपालिकाको सेवा–सुविधा नलिने दमकका मेयर थापाको घोषणा

दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार विजय ¥यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनले नगर प्रमुखका रुपमा सेवा सुविधा नलिने घोषणा...

स्थानीय तह निर्वाचन : सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन । स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा […]

सेवा सुविधा विस्तारसहित इटहरी सामुदायिक अस्पताल सञ्चालनमा

दुई दशक अघिदेखि सञ्चालनमा आएको इटहरी सामुदायिक अस्पतालले लगानी थप गरी सेवा सुविधा विस्तार गरेको छ। २२ वर्षदेखि सञ्चालमा आएको सामुदायिक अस्पतालले लगानी थपेर १५ बेडमा सञ्चालन हुने गरी सेवा सुविधा विस्तार गरेको हो।...

सेवा सुविधा विस्तारसहित इटहरी सामुदायिक अस्पताल सञ्चालनमा

दुई दशक अघिदेखि सञ्चालनमा आएको इटहरी सामुदायिक अस्पतालले लगानी थप गरी सेवा सुविधा विस्तार गरेको छ। २२ वर्षदेखि सञ्चालमा आएको सामुदायिक अस्पतालले लगानी थपेर १५ बेडमा सञ्चालन हुने गरी सेवा सुविधा विस्तार गरेको हो।...

शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति

काठमाडौँ। शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच भएको छलफलमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको बताइएको छ । लामो समयको आन्दोलन पश्चात मन्त्रालयसँग आज सम्झौता भएको छ । यो सम्झौता कार्यन्वयन भयो भने ऐतिहासिक उपलब्धि हुनेछ। सोमबार (आज) […]

‘कोषमा आबद्ध हुँदा श्रमिकको सेवा/सुविधा कटौती हुँदैन’

काठमाडौं, नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)का महासचिव जनक चौधरीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको सेवा/सुविधा कटौती नहुने बताएका छन्। उनले आज आयोजित जीफन्टको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्। भने, “कोषमा आबद्ध हुँदा श्रमिकहरुको खाईपाई आएको सुविधा कटौती हुने कुरा गलत हो। कोषमा श्रमिकहरुको कुनै पनि सेवा सुविधा कटौती गर्ने व्यवस्था छैन।”