काठमाडौं, १४ चैत। पछिल्लो १० वर्षमा चट्याङ लागेर देशभर ९०१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७० बैशाख १ गतेदेखि २०७९ चैत्र ७ गतेसम्मको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो। उक्त अवधिमा चट्याङका २ हजार २८० घटनाहरु रेकर्ड गरिएको छ। चट्याङ लागेर २ हजार ५४५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।