विद्यार्थी सङ्गठनले दिएको चन्दा आयल निगमका कर्मचारीले लिन मानेनन्

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एक/एक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालय परिसरमा राखेर फर्किएका छन् । आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौ...