भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन्। तेलुगु देशाम पार्टी (टीडीपी) बाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा शुक्रबार स्वीकृत भएको हो।