‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’...
काठमाडौं– पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार स्पष्टीकरण लिएको छ। एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही […]
१७ भदौ, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर आएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा अगाडि बढेको छ । पूर्ववर्ती सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने लगायतका प्रावधान समेटेर २७ वैशाख २०७६ मा राष्ट्रिय सभामा यो विधेयक दर्ता गरेको थियो । राष्ट्रिय सभाको विधायन […]
सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन भन्दै ल्याएको मिडिया काउन्सिल विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेको छ । उक्त विधेयक जस्ताको तस्तै पारित भए र कसैको मर्यादा वा प्रतिष्ठामा आँच आउने गरी समाचार प्रकाशन, प्रसारण गरेको भन्दै उजुरी परेर जाँचबुझमा दोषी पाइए उक्त जरिवाना तिर्नुपर्ने छ । ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत
काठमाडौँ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ वटा सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलका अनुसार ४४ वेबपोर्टल नेपालभित्र नखुल्ने गरी बन्द गरिएको छ भने २४ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ। काउन्सिलले आचारसंहिता लागू भएपछि चैत २५ गतेदेखि अनुमगन थालेको थियो। काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार चैत २६ गतेदेखि हालसम्म १३९ सञ्चार माध्यमबाट […]
काठमाडौँ– प्रेस काउन्सिल नेपालले सात वटा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ । काउन्सिलले पत्रकारले सामाजिक सञ्जालमा राखिएको सामग्रीबाट पत्रकार आचारसंहिता–२०७३, (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचनआचारसंहिता २०७८ को दफा ४(थ) र दफा २२ को (च) प्रतिकूल भएको भन्दै ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को खण्ड (च) […]
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए ।अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे । “हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उनले भने
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । प्रकाशित आचारसंहितामा पत्रकारहरुलाई सामाजिक सञ्जालमा अंकुश लगाइएको छ । आचारसंहितामा भनिएको छः ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामाग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्
जनकपुरधाम : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशका पत्रकारका लागि कल्याण कोष तथा पेन्सन लागू गर्न मिडिया काउन्सिललाई पूर्ण साथ र सहयोग रहने बताएका छन्।बिहीबार सञ्चारमन्त्री साहले मधेस प्रदेशका मिडिया काउन्सिलले महोत्तरीको बर्दिबासमा 'सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण'का लागि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रम बोल्दै पत्रकार आचारसंहिताको पालना गर्दै देश र जनताको पक्षमा कलम चलाउने पत्रकारहरूलाई सम्मानसहित पुरस्कृत गर्ने पक्षमा प्रदेश सरकार रहेको ज
प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्ने पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ उज्ज्वल शर्मा तथा ‘प्रेस …