कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
आगामी ६ महिनाभित्र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु सुरु गर्ने प्रक्रियामा जानकी मेडिकल कलेज छ। सेवा विस्तारका लागि अस्पतालले हाल तीन सय शय्याको नयाँ भवन समेत बनाउँदैछ।
१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई गर्नुपर्ने दैनिक १५ देखि २० जना बिरामीलाई बाहिरका विभिन्न निजी मेडिकल कलेजहरूमा पठाउनुपर्ने अवस्था छ । ‘अस्पतालमा उपचारका […]
बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन अर्को अस्पताल रिफर गर्ने अस्पताललाई पैसा नदिने स्वास्थ्य बीमा बोर्डले बताएको हो । बीमा बोर्डबाट एक बीमित बिरामीलाई रिफर गरेबापत २०० रुपैयाँ सो अस्पतालले प्राप्त गर्छ । देशभर बीमितको उपचार गर्ने अस्पताल ४३४ वटा छन् । प्रायः अस्पतालले बीमा बोर्डले तोके अनुसार कुनै पनि प्राथमिक सेवा नदिई रिफर गरेको पाइएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शो
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन्। आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ।
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ । तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक/एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् । सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए ।सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले ज
रुकुम पूर्वस्थित ५० शय्याको जिल्ला अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या व्यहोर्नु परेको छ ।लुम्बिनी प्रदेश सरकार मातहतको सो जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता कायम रहेको स्थानीयवासीको गुनासो छ ।स्थापनाकालदेखि नै सो अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर उपलब्ध हुन सकेको छैन । अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको १० वटा दरबन्दी छ । तर अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ डाक्टरको सबै दरबन्दी खाली रह
रुकुम पूर्व : जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल,
१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने […]
सुर्खेत : प्रदेश अस्पताल सुर्खेतले कारोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ। प्रदेश अस्पताल सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो। उक्त विज्ञप्तिमा लेखिएको छ। ‘यस अस्पतालमा संकटको घडीमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भई अझ मेहनतका साथ काम गर्नुपर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित स्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्
भक्तपुर : कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा अक्सिजन अभावमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कमलविनायकका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।त्यस्तै, सोही अस्पतालमा अक्सिजन नभएपछि ललितपुरको अल्का अस्पताल रिफर गरिएका पोखरा स्थायी घर भई भक्तपुर बस्दै आएका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उक्त अस्पतालले अक्सिजन अभाव भएको बताउँदै अन्य बिरामीलाई पनि अन्यत्र रिफर गरेको स्रोतले बताएको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुनुका साथै अन्य बिरामीलाई