सुर्खेत । तत्कालीन माओवादी जनयुद्व र जनआन्दोलनका पीडित परिवारलाई परिचयपत्र वितरण गर्न थालिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडित परिचयपत्र वितरण कार्य शुभारम्भ गरेको हो ।कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सत्य निरुपण तथा मेलमिलाप आयोगले वीरेन्द्रनगर–६ का पूर्णप्रसाद पौडेललाई परिचय दिएर पीडित परिवारको पहिचान गर्न थालेको छ ।सत्य निरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ ओटा उजुरी परेकोमा त्यसमध्ये ३ हजार ७ सय ८७ वटा उजुरीमाथि कारबाही प्रक्रियामा अगाडि बढेको छ ।