मध्य जाडोमा पनि डेंगु : विज्ञ भन्छन्, बाह्रै महिना सतर्क रहनु पर्ने भयो

काठमाडौं:  देशभर नै चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको अधिकतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा तलसम्म पुगेको छ। तर पुसको उत्तरार्धतिर लाग्दै गर्दा पनि डेंगु संक्रमण घटेको छैन।मध्य जाडोमा पनि दैनिक एक/दुई डेंगु संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने गरेका छन्। अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला केही वर्षयता चिसो मौसममा समेत संक्रमण देखिएको छ।सामान्यतया डेंगु संक्र

सम्बन्धित सामग्री

महिनामै ५ गुणा डेंगु फैलिंदा सरकारी संयन्त्र निरीह

डेंगुले ८ जनाको ज्यान गइसक्यो । भदौमा उच्च गतिमा फैलिने, कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहँदा पोहोरभन्दा भयावह अवस्था आउने अधिकारीहरु बताउँछन् । जबकि मन्त्रालयका अधिकारी र इडीसीडीका विज्ञ भने कामचलाउ तर्क गर्दै जिम्मेवारी पन्छाइरहेका छन् ।

उपत्यकामा भित्रभित्रै फैलिँदै डेंगु, विज्ञ भन्छन्– प्रकोपको रूप लिनसक्छ

काठमाडौं । काठमाडौं उपत्यका एकपछि अर्को संक्रामक रोगको ‘हब’ बन्दै गएको छ ।  कोभिड–१९ र हैजा संक्रमण बढिरहँदा डेंगुले अर्को प्रकोप निम्त्याउने जोखिम बढेको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार यो वर्ष देशभर डेंगु संक्रमितको संख्या एक हजार १२६ पुगेको छ, जसमध्ये चारसय चार जना काठमाडौं उपत्याकाका छन् ।  महाशाखाकाअनुसार...

हिमालतिर उक्लँदै कालाजार, मलेरिया र डेंगु

– डेंगु, कालाजार, मलेरिया, स्क्रब टाइफसजस्ता रोग कहाँ–कहाँ पुगेका छन् भन्ने अध्ययन आवश्यक भइसकेको विज्ञ