मनकामना केबलकार एनालगबाट डिजिटल प्रविधिमा लैजान लागिएको छ ।२३ वर्षअघि मनकामना मन्दिर जानेहरूलाई लक्ष्य गरेर सेवा थालेको केबलकारको पुरानो प्रविधिले मर्मत खर्च बढेपछि नयाँ प्रविधिमार्फत प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।