दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी, अनामनगरमा ५५ लाख रुपैयाँ बराबरको क्षति

काठमाण्डौ - दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ ।  काठमाण्डौ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरका सबैभन्दा धेरै क्षति भएको छ ।  अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।  हिजो बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किएको प्रहरीले जनाएको छ । हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि निभाइएको थियो ।  आगलागीबाट सँगै रहेको अ...

सम्बन्धित सामग्री

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताइएको छ । आगलागीपछि आफन्तले दिएको ओढ्ने, […]

सोलुखुम्बुमा आगलागीबाट घर जल्दा ३ लाख रुपैयाँ बराबरकाे क्षति

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति फुरी तामाङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहितभित्र रहेका सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाया तथा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।  मुक्ली प्रहरी चौकीबाट खटिएकाे&nb...

खोटाङकाे झिसेपुमा भएकाे आगलागीबाट ८५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुमा हिजो भएको आगलागीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगोले मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेकाे थियाे। आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबर रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिनुभयो । मैया श्रेष्ठको २७ लाख ...

दिपायलमा फर्निचर उद्योगमा आगलागी, ३७ लाख रुपैयाँ बराबरकाे क्षति

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिजुली तार शर्ट भएर आगलागी भएको बताइएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयाेगमा दमकल प्रयाेग गरेर आगाे निभाइएकाे प्रहरीले जनाएको छ ।

ताप्लेजुङमा एक घरमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हाे ।   विद्युत् शर्ट भएर आगलागी भएकाे र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।     आगाे धुरीबाट बल्न थालेकाले निभाउन नसकिएकाे स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयाे ।

विद्युत सर्ट भइ आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति

झापा- झापाको गौरादहमा एउटा फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादहको पायल फर्निचर उद्योगमा आगलागी भएको हो। झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार आइतबार बिहान साढे ३ बजे गौरादह नगरपालिका-१ का मुनिलाल शर्माको फर्निचरमा आगलागी भएको हो। विद्युत सर्ट भइ आगलागी भएको […]

सप्तरीको तरहीमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरकाे क्षति

सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ तरहीमा हिजाे भएकाे आगलागीबाट झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय वासुदेव सदाको गाईको गोठमा बालिएको घुरबाट सुरु भएकाे आगलागीले उहाँसहित केलु सदा, बिहारी सदा, प्रमोद राय, रामसुन्दर सदा ,सोभिया सदा, गाैतम सदा, चन्द नारायण सदासहितको घर पूर्ण रुपमा जलेकाे प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएकाे छैन तर झन्डै आधा दर्जन पशुचाैपाया जलेर मरेका छन्। स्थानीयवासी, सशस्त्र तथा जनपद प्रहरी र दमकलकाे सहयोगमा हिज...

बारामा ९ गोठ जलेर नष्ट, ९ लाख रुपैयाँ बराबरको क्षति

वीरगञ्ज – बारामा मंगलबार राति भएको आगलागीमा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बारागढी गाउँपालिका–२ बिसुनपुर्वामा भएको आगलागीमा ९ वटा घरगोठ जलेर नष्ट भएको छ। आगलागीमा परी सोही स्थान बस्ने देवकान्त चौधरी, प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लीलावती थरुनी, उर्मिला चौधरी, सुरेश दास, कञ्चन दास, लक्ष्मण दास, शंकरप्रसाद जयसवालको घर–गोठ जलेर नष्ट भएको प्रहरीले […]

फुङलिङमा फर्निचर गोदाममा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योग अर्थात कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको छैन । गएराति २ बजेतिर लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार महतोले बताउनुभयो।

सप्तरीमा तीन घर जल्दा छ लाख रुपैयाँ बराबर क्षति

सप्तरीमा बिहीबार दिउँसो आगलागी भएर तीनवटा जल्दा छ लाख रुपैयाँ बराबरको सरसमान नष्ट भएको छ ।