मेलम्ची  बाढीबाट भएको जोखिमबारे प्रतिवेदन प्रस्तुत

मेलम्ची  बाढीबाट भएको जोखिम आकलन तथा पुनःनिर्माणसम्बन्धी अध्ययन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा भूगर्वविद् सहप्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्ययनले मेलम्ची तथा इन्द्रावती नदी तटीय क्षेत्रहरुमा तटबन्ध निर्माण गर्नुपर्ने ठाउँहरुका बारेमा बुझाएको थियो । विज्ञहरुले नदीको क्षेत्र कायम गर्ने विषयमा पनि सुझाव दिएका छन् । विज्ञको टोलीले तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी सातवर्षे योजनासमेत तयार पारेर नगरपालिकालाई ब

सम्बन्धित सामग्री

मेलम्चीको चार विधेयक संशोधनसहित पारित

मेलम्ची नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ संशोधनसहित पारित गरेको छ ।     नगर प्रमुख डम्बर अर्यालले आर्थिक वर्ष २०७८÷७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा राहत पुनःस्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मतसम्भार गरी पुनःसञ्चालनको लाग...