मेलम्ची नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ संशोधनसहित पारित गरेको छ ।
नगर प्रमुख डम्बर अर्यालले आर्थिक वर्ष २०७८÷७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा राहत पुनःस्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मतसम्भार गरी पुनःसञ्चालनको लाग...