नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताउनुभएको छ । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताउनुभयो । मुलुकमा कुनै वर्गमाथि …