काठमाडौं । मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा गएको नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ ।
नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा थाइल्यान्डसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा चोनबुरी क्लबसँग ३–१ ले पराजित भएको थियो ।
नेपाल एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि थाइल्यान्ड गएको हो...