२६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ …
२६ वैशाख, काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् ।
शुक्रबार अपराह्न भएको प्रेस बिफिङमा बोल्दै उनले भारतले सुरुवाती हमलाको जवाफ मात्र फर्काएको बताए । …
काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको छ । आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएकी हुन् । पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ […]
काठमाडौँ । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा रहेको प्रख्यात रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ । लगनखेल बसपार्कमा बुधबार रहेको रथ भक्तजनहरूले रथलाई तानेर तीन पटक परिक्रमा गराएका थिए । यो रुखलाई मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिन्छ । मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप भक्तजनले रथ तानेर तीन पटक परिक्रमा गराएका हुन् […]