यतिबेला सिंगो देश नै दसैंमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन् ।बुधबार सम्पूर्ण नेपालीहरू महान चाड विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरू रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । बुधबार बिहान दसैंको टीका लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुसी र दु:ख एकैसाथ साट्दै […]