नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाले दियो बधाई

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत  डी.आर. थम्प्सनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। उनले प्रचण्ड नेतृत्वको सरकारसँग प्रजातन्त्र, मानव अधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका छन्।  ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ,’ उनले भनेका छन्। 

सम्बन्धित सामग्री

प्रचण्डलाई अमेरिकाले दियो बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदुतले बधाई दिएका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सामाजिक सञ्जाल ट्विटरबाट प्रचण्डलाई बधाई दिएका हुन् ।

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

चीनले दियो प्रचण्डलाई बधाई

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले बधाई दिएको छ ।  काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले सामाजिक सञ्जालमार्फत् नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।  उनले ट्विट गर्दै भनेका छन्, ‘अध्यक्ष प्रचण्डलाई नेपालको...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ दूतावासले दियो बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष नेपालको ४४ औं प्रधानमन्त्री बनेकोमा नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । दूतावासले लेखेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’ प्रचण्डलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदहरुको समर्थनमा प्रधानमन्त्री […]

प्रधानमन्त्री भएको चार दिनपछि चीनले दियो देउवालाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई  छिमेकी चीनले चार दिनपछि राजदूतमार्फत बधाई दिएको छ।राजदूत होउ यान्छीले शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्। भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन्।