यू-१९ महिला फुटबल टिम बहराइन जाँदै, ३ मैत्रीपूर्ण खेल खेल्ने
२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय यू १९ महिला फुटबल टिमले बहराइनमा ३ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसका लागि नेपाली टोली शुक्रबार बहराइन प्रस्थान गर्नेछ ।
नेपाल यू-१९ टिमले बहराइनको यू-१९ टिमसंगै ३ खेल …
काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् । जितको लागि नेपाली […]
१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो […]
काठमाडौँ। १९ औं एसियन गेम्स (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ। चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो। नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो। एसियाडका लागि नेपाली महिला फुटबल टिम समूह […]
१ साउन, काठमाडौं । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ । १९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्पmत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो […]
२ भदौ, काठमाडौं । रमा सिंहलाई सञ्चारकर्मीका रुपमा धेरैले चिन्छन् । नेपाल टेलिभिजनमा लामो समय समाचारवाचकको भूमिकामा चर्चित रहिन् । आमसञ्चारलाई करिअर बनाउनुअघि उनी नेपालको स्थापित खेलाडी पनि थिइन् भनेर अहिलेको पुस्ता कम जानकार छ । सिंह नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो कप्तान हुन् । २०३९ सालदेखि २०४४ सालसम्म उनले नेपाली टिमको नेतृत्व गरेर […]
काठमाडौँ । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम फाइनल समेत पुग्न सकेन् । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरिएको हो । आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाल फाइनलमा समेत पुग्न नसकेको हो । ढाका जानुअघि […]
एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया […]
‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडाम
इलाम : स्पेनिस फुटबल क्लब रियल मड्रिडको अब महिला फुटबल टिम समेत हुने भएको छ। लामो समयदेखि महिला टोलीबिना युरोपका केही शीर्ष क्लबहरूमध्ये एक भएको भन्दै आलोचना भएपछि ‘लस ब्ल्यान्कोस’ नामले चिनिएका रियलले मड्रिड सहरकै डिपोर्टिभो ट्याकोन क्लबलाई तीन लाख युरो खर्च गरेर किनेको हो।
अब त्यही टिमलाई ‘रिय...